नेपाली बजारमा बेलायती ब्राण्ड ‘गुडम्यान्स’का सामान बिक्री सुरू

35
Shares

काठमाडौं । चौधरी ग्रुप अन्तर्गतको सिजी इलेक्ट्रोनिक्सले बेलायती चर्चित ब्राण्ड ‘गुडम्यान्स’ नेपाली बजारमा भित्र्याएको छ ।

सन् १९२३ देखि अडियो तथा इलेक्ट्रोनिक्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल यो ब्राण्ड अब नेपाली उपभोक्ताका लागि आधिकारिक रूपमा उपलब्ध भएको हो ।

विगत एक शताब्दीदेखि विश्व बजारमा आफ्नो पकड जमाएको गुडम्यान्सले सुरुवाती दिनमा अडियो स्पिकरबाट उत्पादन सुरु गरे पनि हाल यो विश्वव्यापी रूपमा विभिन्न इलेक्ट्रोनिक्स तथा होम एप्लायन्सको विश्वसनीय ब्राण्ड बनिसकेको छ ।

उच्च गुणस्तर, आकर्षक डिजाइन र किफायती मूल्यलाई प्राथमिकता दिँदै गुडम्यान्सले विश्वका विभिन्न देशहरूमा आफ्नो सफल उपस्थिति विस्तार गरिसकेको छ ।

नेपाली बजारमा गुडम्यान्सका विभिन्न घरायसी उपकरणहरू उपलब्ध हुनेछन् । कम्पनीका अनुसार हाल राइस कुकर, केटल, आइरन, ब्लेण्डर, जुसर एक्स्ट्र्याक्टर, स्टिक ब्लेण्डर, ह्याण्ड मिक्सर, कफी मेकर, टोस्टर तथा स्यान्डविच मेकर जस्ता उत्पादनहरू बजारमा ल्याइएको छ । यसका साथै पर्सनल केयर र अडियो उपकरणहरू पनि उपभोक्ताले खरिद गर्न सक्नेछन् ।

आधुनिक जीवनशैलीलाई सहज, स्मार्ट र सुविधाजनक बनाउने उद्देश्यका साथ नयाँ प्रविधिमा आधारित उत्पादनहरू विकास गर्दै आएको कम्पनीले जनाएको छ । गुडम्यान्सले आफ्ना उत्पादनमार्फत उपभोक्तालाई गुणस्तरीय अनुभव प्रदान गर्नुका साथै दीर्घकालीन विश्वास निर्माण गर्ने लक्ष्य राखेको छ । नेपाली बजारमा पनि अन्तर्राष्ट्रिय स्तरको प्रविधि र उत्कृष्ट सेवा उपलब्ध गराउने प्रतिबद्धता कम्पनीले व्यक्त गरेको छ ।

विश्व बजारमा स्थापित ब्राण्डको रूपमा रहेको गुडम्यान्सले नेपाली उपभोक्ताको आवश्यकता र चाहनालाई मध्यनजर गर्दै नवीनतम प्रविधियुक्त तथा उपयोगी उत्पादनहरू निरन्तर बजारमा ल्याउने योजना बनाएको छ । थप जानकारीका लागि उपभोक्ताले सिजी डिजिटल तथा आधिकारिक विक्रेताहरूमा सम्पर्क गर्न सक्नेछन् ।