प्रधानमन्त्री ओलीको गृहजिल्ला झापास्थित एमाले पार्टी कार्यालयमा प्रदर्शनकारीले आगो लगाए

189
Shares

झापा । प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापामा एमाले पार्टी कार्यालयमा आगजनी भएको छ ।

जेनजीले सोमबार गरेको प्रदर्शनमा सरकारले दमन गर्दा १९ जनाको मृत्यु भएपछि आक्रोशित बनेका प्रदर्शनकारीले प्रधानमन्त्रीको गृह जिल्ला झापामा पार्टी कार्यालय जलाएका हुन्।

मंगलबार बिहानै देखि देशका विभिन्न भागमा प्रदर्शन चर्किएको छ र कांग्रेस एमालेका पार्टी कार्यालय प्रदर्शनकारीको निशासनामा परेका छन् भने नेताको घरहरुमा समेत तोडफोड भएको छ ।