कर्फ्यु वेवास्ता गर्दै बिहानैबाट संसद भवनअघि युवाहरूको प्रदर्शन (तस्बिरहरू)

196
Shares

काठमाडौं । सोमबार जेनजीहरूले गरेको प्रदर्शन हिंसात्मक बन्दा देशभर १९ जनाको ज्यान गयो भने साढे २ सयभन्दा धेरै घाइते छन् ।

सोमबार काठमाडौंको बानेश्वर क्षेत्र रणभूमिमा परिणत भएको थियो । संघीय संसद भवनको प्रवेशद्वार र पर्खाल तोडफोड भएको थियो भने कयौंको ज्यान गएको थियो।

मंगलबार बिहान पनि युवाहरु संसद भवन अगाडी भेला भएका छन् ।

१९ जना को ज्यान जाने गरी भएको हिंसात्मक प्रदर्शनी सँगै काठमाडौं जिल्ला प्रशासनले उपत्यकाको विभिन्न क्षेत्रमा अनिश्चित कालिन कर्फ्यु लगाएको छ ।


तस्बिर:नेपाल फोटो लाइब्रेरी

बिहानै यस्तो देखियो नयाँ बानेश्वस्थित संसद भवन क्षेत्र