
बिराटनगर । नेपालकै स्टेशनरी ब्रान्ड रेन्को पेनले ‘बेस्ट ग्लोबल इमर्जिङ स्टेसनरी ब्रान्ड अवार्ड २०२५’ प्राप्त गरेको छ ।
करिब ४५ वर्षदेखि आफ्नो उपस्थितिलाई मजबुत बनाउँदै आएको रेन्को अन्तर्राष्ट्रिय स्तरमा सम्मानित भएको हो ।
कम्पनीले इन्टरनेशनल आइकन अवार्डमा बेस्ट ग्लोबल इमर्जिङ स्टेसनरी ब्रान्ड अवार्ड २०२५ प्राप्त गरेको हो । यो पुरस्कार बलिउड आइकन मलाइका अरोराले प्रदान गरेका हुन् ।
यसले रेन्कोको नवप्रवर्तन, प्रिमियम गुणस्तर, र स्टेशनरी अनुभवलाई पुनः परिभाषित गर्ने प्रतिबद्धतालाई अन्तर्राष्ट्रिय स्तरमा मान्यता दिएको कम्पनीले जनाएको छ ।
यो उपलब्धिले नेपाल बजारमा रेन्को पेनको तेज र पहिचानलाई थप मजबुत बनाएको कम्पनीको विश्वास छ । अनौठा डिजाइन, उत्कृष्ट लेखाइको सहजता, र नेपाललाई स्टेशनरी उद्योगमा विश्वमञ्चमा स्थापित गर्ने समर्पणका कारण रेन्कोले छोटो समयमा नै ठूलो मान्यता पाएको जनपाएको छ ।
रेन्को पेनका प्रबन्ध निर्देशक नविन झुनझुनवाला ले भने:
‘यो पुरस्कार केवल रेन्को पेनको मात्र होइन, यो नेपालकै गौरव हो। हाम्रो यात्रामा साथ दिनुहुने सबै शुभेच्छुक, साझेदार, र नेपाली जनताको प्रेरणालाई समर्पित छ।’
यस पुरस्कारले रेन्कोको दृष्टिकोणलाई अझ प्रष्ट्याएको छ – सौन्दर्य, कार्यक्षमता र नवप्रवर्तनलाई संयोजन गरी प्रिमियम स्टेशनरी उत्पादन गर्ने। बढ्दो निर्यात र नेपालभित्रको तीव्र विस्तारले रेन्को पेनलाई नेपालका सीप र सिर्जनशीलताको वैश्विक दूत बनाउन मद्दत गरिरहेको छ।
रेन्को पेनबारे
रेन्को नेपाली स्टेशनरी ब्रान्ड हो, जसले पेन, मार्कर, ग्लु स्टिक, स्केच पेन लगायतका उपकरणहरू उत्पादन गर्छ, जसमा शैली, सहजता र भरपर्दोपनको मेल हुन्छ। रेन्कोले नेपालमा पार्कर, ब्रस्ट्रो, गोरिला टेपस्, एमिगो क्याल्कुलेटर्स र छिट्टै आउने स्टोरी (पेन्सिल) जस्ता ब्रान्डहरूलाई पनि आफ्नो छातामुनि समेटेको जनाएको छ ।








प्रतिक्रिया