
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रलाई आम नागरिकले हेर्ने दृष्टिकोणलाई बदल्नुपर्ने बताएका छन् ।
राजधानीमा आइतवार आयोजित एक कार्यक्रममा अध्यक्ष ढकालले निजी क्षेत्रले गरेको योगदानलाई आम जनतामाझ सकरात्मक रुपमा लैजानुपर्ने बताए ।
हाल जनताप्रति निजी क्षेत्रको छाप राम्रो नभएको उनको भनाइ छ । जनताको धाराणा निजी क्षेत्रप्रति सकारात्मक नभएसम्म रोजगारी सिर्जना गर्ने, रेभिन्यु बढाउने कुरा असम्भव रहेको उनले बताए ।
‘जबसम्म आम मानिसको निजी क्षेत्रप्रति जुन छाप परेको छ । निजी क्षेत्रले गरेको जुन योगदान छ, त्यसलाई सकरात्मक हिसावले जबसम्म आममानिसमा त्यो म्यासेज दिन सक्दैनौँ, उनीहरुको धाराण बनाउन सक्दैनौ तबसम्म रोजगारी सिर्जना गर्ने, रेभिन्यु बढाउने कुराहरु, पूर्वाधार बढाउने कुराहरु असम्भव छ,’ उनले भने ।
सरकारले रोजगार सिर्जना गर्न धेरै गाह्रो रहेको उनको भनाइ छ । तर निजी क्षेत्रले कुनै एउटा उद्योग प्रष्तिष्ठान खोल्यो भने त्यहाँवाट तत्काल धेरैलाई रोजगार दिनसक्ने उनले बताए । निजी क्षेलाई प्राथमिकता दिनुपर्नेमा उनले जोड दिए ।
‘सरकारले रोजगार सिर्जना गर्ने कुरा धेरै गाह्रो छ तर निजी क्षेत्रले कुनै एउटा उद्योग प्रष्तिष्ठान, व्यवसायीक गतिविधि गर्यो भने त्यसले हजारौँ जनालाई तुरुन्तै रोजगार दिन सक्ने, रेभिन्यु दिनसक्ने अवस्था छ । त्यसकारण निजी क्षेत्रलाई प्राथमिकता दिनुपर्छ’ उनले भने ।
सरकारले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण भने पछिल्लो समय फेरिँदै गएको उनको भनाइ छ । सरकारले केही कानूनहरुलाई संशोधन गरेर निजी क्षेत्रमैत्री बनाएको पनि उनले बताए ।








प्रतिक्रिया