
काठमाडौं । भन्सार विभागका महानिर्देशक महेश भट्टराईले विद्युतीय सवारी साधनको क्षमता जाँचपास गर्ने मेसिन अहिलेसम्म नभएको र एसेम्बल गर्ने गाडीमा दिइएको छुटका कारणले पनि प्रत्येक वर्ष बेरुजु बढेको बताएका छन् ।
शुक्रवार सार्वजनिक लेखा समितिमा भएको बेरुजु सम्बन्धी छलफलमा भट्टराईले ईभी गाडीहरुको क्षमता जाँच्ने कार्यक्षेत्र भन्सार विभागलाई नभएको बताए ।
यातायात व्यवस्था विभाग अन्तर्गत क्षमता जाँच्न सकिने भए पनि अवश्यक मेसिनहरु नहुँदा प्रभावकारी हुन नसकेको उनको भनाइ छ ।
अहिले भन्सार विभागको बेरुजु २० अर्ब भन्दा बढी छ ।
विभागका महानिर्देशक भट्टराईले भने,‘भन्सार विभागको २० अर्ब भन्दा बढी देखिएको छ । बेरुजुका पछाडी विद्युतीय सवारी साधान (इभी) मा सरकारले लिएको प्रवद्र्धनात्मक नीतिहरु पनि देखिएका छन् भने नेपालमै एसेम्बल गर्ने गाडीमा भन्सार सुविधा दिनेबारे प्रश्न उठेको छ । अहिले विद्युतीय गाडीहरुको मोटरको क्षमतामाथि पनि प्रश्न उठेको छ । महालेखाले प्रश्न समेत उठाएको छ । हामीसँग जाँच्ने उपकरण छैन् । कार्यक्षेत्रले पनि यातायात व्यवस्था विभागलाई जिम्मेवारी दिएको छ ।’
महानिर्देशक भट्टराईले बेरुजुका पछाडी सुर्तीदेखि ग्यास बुलेटको ढुवानीसम्म जोडिएको बताए ।








प्रतिक्रिया