
काठमाडौं । इनफिनिक्स नेपालले नेपाली बजारमा नयाँ स्मार्टफोन एचओटी ६० आई सार्वजनिक गरेको छ। कम्पनीले यसलाई “बबाल फोन” को नाम दिएको छ, र आकर्षक डिजाइन, बलियो प्रदर्शन तथा किफायती मूल्यका कारण यो फोन अहिले बजारमा चर्चामा रहेको कम्पनीको दाबी छ ।
कम्पनीका अनुसार एचओटी ६० आई मा ४५ वाटको द्रुत चार्ज प्रणालीसहितको ५१६० एमएएच क्षमताको ब्याट्री राखिएको छ, जसले लामो समयसम्म साथ दिन्छ। कम्पनीले ब्याट्री पाँच वर्षसम्म टिक्ने दाबी गरेको छ।
प्रोसेसरको रूपमा यसमा हेलियो जी८१ चिप प्रयोग गरिएको छ, जसले फोनलाई लामो समयसम्म स्मूथ रूपमा चलाउन सहयोग गर्छ। साथमा इनफिनिक्सको आफ्नै कृत्रिम बौद्धिकता प्रणाली ‘वन ट्याप एआई’ रहेको छ, जसले स्मार्ट फिचरहरू एकै ट्यापमा उपलब्ध गराउँछ।
एचओटी ६० आई मा ‘जाइरो प्रो’ नेभिगेसन सुविधा दिइएको छ, जसले अत्यन्त सटीक दिशानिर्देशन दिन्छ। फोनमा ट्रिपल क्यामेरा सेटअप राखिएको छ, जुन देख्नमा पनि आकर्षक छ र राम्रो फोटो खिच्नमा पनि सक्षम छ।
यो फोन ७.७ एमएम पातलो छ र रंगीन तथा आकर्षक डिजाइनमा उपलब्ध छ।
इनफिनिक्सले दुई फरक भेरियन्ट बजारमा ल्याएको छ । जसको मूल्य यसप्रकार रहेको छ ।
६ जीबी र्याम र १२८ जीबी स्टोरेजको मूल्य १५ हजार ९९९ रुपैयाँ
४ जीबी र्याम र १२८ जीबी स्टोरेजको मूल्य १४ हजार ९९९ रुपैयाँ
देशभरका इनफिनिक्सका आधिकारिक स्टोरमा फोन उपलब्ध भइसकेको छ।
कम्पनीले एचओटी ६० आई लाई विशेषतः युवा पुस्तालाई लक्षित गरेर ल्याएको बताएको छ। विशेषगरी गेम खेल्ने, पढाइसँगै क्रिएटिभ काम गर्ने, फेसन र प्रविधिमा रुचि राख्ने युवाहरूका लागि यो फोन उपयुक्त हुने इनफिनिक्सको दाबी छ।
फोनसँगै कम्पनीले १८ महिनाको वारेन्टी र १०० दिनभित्र एकपल्ट निःशुल्क स्क्रिन परिवर्तन सुविधा (पानी क्षतिबाहेक) दिने जनाएको छ।
इनफिनिक्सले गुणस्तरीय प्रविधिलाई सुलभ बनाउने उद्देश्यसहित एचओटी ६० आई ल्याएको जनाएको छ। यो फोनले मूल्य, डिजाइन, प्रदर्शन र ब्याट्री जीवनबीचको सन्तुलन कायम गरेर प्रयोगकर्तालाई सन्तुष्टि दिने विश्वास गरिएको छ।








प्रतिक्रिया