
काठमाडौं । सिद्धार्थ बैंक र बबरमहल भिलास बिच सम्झौता भएको छ । बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको हो ।
सम्झौता अनुसार बबरमहलस्थित बबरमहल भिलास काठमाडौँमा बैंकको कार्ड तथा मोबाईल बैंकिङ सेवाबाट भुक्तानी गर्दा फूड, बेभरेज एण्ड स्पा सम्बन्धी सेवामा १० प्रतिशत सम्मको छुट प्राप्त गर्न सकिनेछन् ।
यस सम्झौताले ग्राहकहरुलाई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।








प्रतिक्रिया