रसुवामा बाढी: चीनतर्फ ११ सहित १७ जना बेपत्ता

196
Shares

एजेन्सी । चीनको तिब्बतमा उत्पत्ति भएको ल्हेन्दे नदीमा आएको बाढीमा परी १७ जना चिनियाँ बेपत्ता भएका छन् ।

चिनियाँ सरकारी समाचार संस्था सिन्ह्वाले जनाए अनुसार चीनको केरुङ क्षेत्रमा अविरल वर्षापछिको बाढी र पहिरोमा परी १७ जना चिनियाँहरू बेपत्ता भएका हुन् ।

पहिरो स्थानीय समयअनुसार मंगलवार बिहान ५ बजेतिर आएको थियो ।

हराइरहेकामध्ये ११ जना चिनियाँ भूभागमा थिए भने बाँकी ६ जना नेपाली भूमिमा काम गरिरहेका निर्माण मजदुर रहेको सिन्ह्वाले जनाएको छ ।

उक्त बाढीले नेपाल र चीनलाई जोड्ने मितेरी पुललाई पनि बगाएको छ ।

जलवायु परिवर्तनका कारण बाढीपहिरोको समस्या बढ्न थालेको विज्ञहरू बताउँछन् ।