बैंकमा ऋण लिन जाने वातावरण बनाउनुपर्छ: चालिसे


काठमाडौं । अर्थ समितिका सभापति सन्तोष चालिसेले बैंकमा ऋण लिन जाने वातावरण बनाउनुपर्ने बताएका छन् ।

आइतावर सिंहदरबारमा बसेको अर्थ समितिको बैठकमा बोल्दै उनले बजार सुस्ताउनु खतरनाक पक्ष भएको बताए । आगामी मौद्रिक नीतिले बजार चलायमान बनाउनुपर्ने उनको भनाइ छ ।

अर्थतन्त्र चलायमान बनाउन घरेलु उद्योगलाई २०–२५ लाखसम्म ऋण प्रवाह गर्नुपर्ने उनले बताए। बजारमा पैसा लैजानका लागि राष्ट्र बैंकले प्रभावकारी नीति ल्याउनुपर्ने उनको ऐनाइ छ।

सभापति चालिसेले भने, ‘अर्थतन्त्र चलायमान बनाउन घरेलु उद्योगलाई २०–२५ लाखसम्म ऋण प्रवाह गर्नुपर्छ । बजारमा पैसा लैजानका लागि राष्ट्र बैंकले प्रभावकारी नीति ल्याओस् । हिजो ऋण लिएकाहरु अहिले किन सुस्ताए । सबै बैंकमा आउन किन डराए । यसबारे अध्ययन हुनुपर्छ । मौद्रिक नीतिले समेत सम्बोधन गर्नुपर्छ ।’

धेरैको घरजग्गा बैंकमा अड्किएकोले मान्छेहरु ऋण लिन जान नसकिरहेकोले यसमा अध्ययन हुनु पर्ने उनको भनाइ छ ।