
काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ सिबिफिनका अध्यक्ष उपेन्द्र पौडेलले राज्यले आवश्यक पोलिसी दिन नसक्दा बैंक तथा वित्तीय संस्थाले अपेक्षित काम गर्न नसकेको बताएका छन् ।
नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आइतबार राजधानी आयोजना गरेको आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको लागि छलफल कार्यक्रममा पौडेलले लोन रियल क्षेत्रमा जान नसक्नुमा बैंकको पनि कमजोरी हुन सक्ने बताए । त्यसलाई सुधार गरेर अगाडि बढ्नु पर्ने उनको भनाइ छ ।
सबै बैंक र नियामक तथा सरकार एउटै डुङ्गामा भएकोले सबै मिलेर अगाडि बढ्नु पर्ने उनको भनाइ छ । कतिपय समस्याको समाधान गर्न एक स्टेप पछाडी पनि हट्नुपर्ने अवस्था पनि आउने उनको भनाइ छ ।
उनले नियामक र बैंकले दृढताका साथ काम गर्नुपर्ने पनि बताए ।
सिबिफिन उपाध्यक्ष राजेश उपाध्यायले ब्याज कम हुँदैमा लोन बढ्ने नभइ डिमाण्ड नै बढाउनुपर्ने बताए ।
उनले भने ‘ब्याज कम हुदैन लोन बढ्ने होइन रहेछ । डिमाण्ड नै बढाउनु पर्ने रहेछ । बैंकले प्रतीफल नै हेर्ने गर्छ । तल रिन प्रवाह हुँदैमा प्रतिफल बढिहाल्ने पनि होइन । यसका लागि वित्तीय साक्षरता पनि बढाउनु पर्ने रहेछ।’








प्रतिक्रिया