बैंकर र व्यवसायी नछुट्याउने हो भने ठूलो स्वार्थको द्वन्द्व हुन सक्छ: सांसद कार्की


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद प्राडा चन्दा कार्कीले बैंकर र व्यवसायीलाई छुट्याउने विषय स्वागतयोग्य भएको बताएकी छन् ।

आइतबार प्रतिनिधि सभा अन्तर्गतको अर्थ समिति बैठकमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन(बाफिया)मा सांशोधनकर्ता सांसदहरुसँग छलफलमा उनले बैंकर र व्यवसायी नछुट्याउने हो भने ठूलो स्वार्थको द्वन्द्व हुन सक्ने बताइन् ।

वाणिज्य बैंकले मात्रै परियोजजमा आधारित कर्जा लगानी गर्नसक्ने व्यवस्था रहेको भन्दै उनले सानोतिनो लगानी गर्ने विकास बैंक र फाइनास कम्पनीलाई पनि यस्तो कर्जा लगानी गर्ने व्यवस्था गर्नुपर्ने बताइन् ।

बैंकसँग नजिक भएका व्यक्तिलाई कर्जा दिन नपाउने व्यवस्था उपयुक्त रहेको भन्दै उनले सम्बद्ध व्यक्तिको परिभाषा स्पस्ट हुनुपर्ने बताइन् ।

सञ्चालकको कार्यकाल र योग्यता उपयुक्त हुनुपर्ने उनले बताइन् । कर्जा सदुपयोगिता अनुगमनको समय ६ महिना नभइ त्रैमासिक हुनुपर्ने उनको भनाइ छ ।