
काठमाडौं । ललितपुर विशाल बजार मल्टिप्लेक्स कम्पनीले एकै वर्ष साढे ३५ करोड रुपैयाँको व्यापार गरेको छ । कम्पनीले सन् २०२४ मा ३५ करोड ६० लाख रुपैयाँको व्यापार गरेको हो ।
कम्पनीले सन् २०२३ मा ३४ करोड ५० लाख, सन् २०२२ मा २८ करोड १० लाख रुपैयाँ र सन् २०२१ मा २० करोड ५० लाख रुपैयाँको व्यापार गरेको थियो ।
ललितपुर पुल्चोकमा रहेको कम्पनीले लबिम मल ब्राण्डमा सन् २०१६ देखि व्यवसायिक कारोबार सुरु गरेको गरे पनि पूर्णरुपमा भने सन् २०१७ देखि व्यवसायिक कारोबार थालेको थियो ।
कम्पनीले २५ वर्षका लागि पाटन मल्टिपल क्याम्पससँग जग्गा लिजमा लिई मल सञ्चालनमा ल्याएको थियो ।
राजेशकुमार सिद्धिको ३७ प्रतिशत स्वामित्व रहेको कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ६३ करोड ६ लाख रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि ६० करोड ६ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि ३ करोड रुपैयाँको रेटिङ गराएको छ ।
दिपेक्षाविक्रम राना महाप्रबन्धक रहेको कम्पनीको व्यापार कोरोनापछि बढ्दै गएको छ । कम्पनीअनुसार सन् २०२१ देखि सन् २०२४ सम्ममा प्रत्येक वर्ष २० प्रतिशतले बढेको जनाएको छ ।
त्यस्तै कम्पनीले सन् २०२४ मा १४.५२ प्रतिशतले खुद नाफा कमाएको छ । सन् २०२३ मा १६.५० प्रतिशत खुद नाफा कमाएको थियो । सन् २०२४ मा ९९ प्रतिशत अकुपेन्सी ओगटेको र व्यापारमा पनि सुधार आएको कम्पनीले जनाएको छ ।








प्रतिक्रिया