ईभी बेच्ने शशिला मोटर्सले ९ महिनामा कतिको गर्‍यो व्यापार ?

385
Shares

काठमाडौं । नेपाली बजारमा विद्युतीय सवारी साधनको व्यापार गर्दै आएको शशिला मोटर्स प्रालिले चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा ५१ करोड ८० लाख रुपैयाँको व्यापार गरेको छ । कम्पनीले चालु आवको ९ महिनाको अवधिमा उक्त व्यापार गरेको हो ।

कम्पनीले सन् २०२४ मा ४३ करोड ३० लाख रुपैयाँ, सन् २०२३ मा २४ करोड रुपैयाँ र सन् २०२२ मा १ अर्ब १० करोड १० लाख रुपैयाँको व्यापार गरेको थियो । सन् २०१४ मा स्थापना भएको कम्पनी आयर, किटन, जेएमसी, चेरी र वान्डा ब्राण्डको विद्युतीय सवारी साधनको नेपालको लागि आधिकारिक विक्रेता हो । कम्पनीले उक्त ब्राण्डको विद्युतीय सवारी साधन सन् २०२४ मो फेब्रुअरीबाट सुरु गरेको उल्लेख गरेको छ ।

कम्पनीले यसअघि टाटा ब्राण्डको व्यवसायिक सवारी साधनको प्रादेशिक डिलर सञ्चालन गर्दै आएकोमा सन् २०२३ देखि बेच्न बन्द गरेको छ । कम्पनीले काठमाडौं र भक्तपुरमा व्यापार बन्द गरेको हो ।

कम्पनीको देशभर आफ्नै ५ वटा शोरुम र दुई वटा प्रादेशिक शाखा छन् । सन्तोष खतिवडाको ४० प्रतिशत र आशिष पौडेल र एमएस कन्टिनेन्टल एन्भेष्टमेन्ट प्रालिको बराबर अर्थात ३० प्रतिशतको दरले स्वामित्व छ ।

कम्पनीले अल्पकालीन कर्जाका लागि १ अर्ब ९८ करोड रुपैयाँको रेटिङ गराएको छ ।

कम्पनीले विद्युतीय सवारी साधनसँगै किया, इसुजु र कोमट्सु ब्राण्डको सवारी सानधको पनि व्यापार गर्दै आएको छ ।

कम्पनीकाअनुसार सन् २०२५ को ९ महिनाको अवधिमा हालै सार्वजनिक गरेको हाइगर र किनोट ब्राण्डको व्यवसायिक सवारी साधनबाट मात्रै ६५ प्रतिशत र ३० प्रतिशत आम्दानी गरेको उल्लेख गरेको छ ।