लगनखेलमा यामाहा ब्लू फेस्ट २०८२ को सुरुवात: असार १२ गतेदेखि १७ सम्म चल्ने

56
Shares

काठमाडौं । नेपालकै सबैभन्दा ठूलो दुईपांग्रे एक्सचेन्ज महोत्सव ‘यामाहा ब्लू फेस्ट’आज लगनखेल बसपार्कमा एक भव्य उद्घाटन समारोहसहित औपचारिक रूपमा सुरु भएको छ ।

कार्यक्रमको औपचारिक उद्घाटन वाडाका अध्यक्ष नारायणलाल अवाले र एमएडब्ल्यू राइड्सका कार्यकारी निर्देशक तथा सीईओ दीपककुमार अग्रवालले गरेका थिए। असार १२ गतेदेखि १७ गते सम्म चल्ने यो महोत्सवमा जुनसुकै ब्रान्डका जुनसुकै बाइक आकर्षक भ्यालुएसन र अफरहरू सहित सहजै एक्सचेन्ज गर्न पाइनेछ।

असार १२ गतेदेखि १७ गतेसम्म चल्ने रोमाञ्चक कार्यक्रममा कुनै पनि ब्रान्डका कुनै पनि बाइकलाई उत्कृष्ट मूल्याङ्कन र फाइदाहरूका साथ साट्ने अवसर प्राप्त हुनेछ। यामाहा ब्लू फेस्टमा निम्न विशेष अफरहरू समावेश छन् ।

जुनसुकै ब्रान्डका जुनसुकै बाइक एक्सचेन्ज गर्न मिल्ने। यामाहा बाइक वा स्कुटरमा न्यूनतम रु. ५०,००० को मूल्यांकन। अन्य ब्रान्डमा न्यूनतम रु. २५,००० को मूल्यांकन (कर चुक्ता अनिवार्य)। एक्सचेन्जमा अतिरिक्त रु. १०,००० बोनस। रु. ६,००० सम्मको नगद छुट। फ्रीएक्सेसरिजहरू। निःशुल्कआर्थिक वर्ष०८२/८३को सडक करभुक्तान। ७.९९% ब्याजदरमावित्तपोषण, ग्यारेन्टरआवश्यकनपर्ने सुविधा रहेका छन् ।

चाहे दैनिक यात्रा गर्ने यात्रु होस्, रेसिङ प्रेमी होस् वा एडभेन्चर खोज्ने साहसी राइडर, यामाहा नेपालले हरेक प्रकारका यात्रुहरूका लागि बनाइएका विविधता युक्त र शक्तिशाली बाइक तथा स्कुटरहरू प्रस्तुत गर्दै आएको छ। एआरएआई प्रमाणित ७१.३३ कि.मी.प्रतिलिटरको माइलेज रहेको नेपालकै सबैभन्दा बढी माइलेज दिने स्कुटर रेडजआर १२५ एफआई हाइब्रिडदेखि स्टाइलिश र स्पोर्टी लुकसहितको यमाहा आर १५ भी४ सम्म,यामाहाले आफ्नो स्तर सधैं उच्च राखेको छ ।

सडकमा दमदार उपस्थिति चाहनेहरूले एमटी-१५ भी२ र एफजेड भी३ सिरिज रोज्न सक्छन् भने स्पोर्टी डिजाइनसहितको पर्फर्मेन्स स्कुटरको रूपमा एरोक्स १५५ ले आफ्नो फरक पहिचान बनाएको कम्पनीले जनाएको छ । अफ-रोडका लागि डब्लूआर १५५आर जस्ता भरपर्दा बाइकहरू पनि उपलब्ध रहेको कम्पनीको भनाइ छ। यामाहाका यी सम्पूर्ण सवारी साधनहरूमा प्रयोग गरिएको उच्चस्तरीय जापानी प्रविधिले सुरक्षित, कुशल र रोमाञ्चक राइडिंग अनुभव प्रदान गर्ने कम्पनीको दाबी छ ।