
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले २५ वर्ष अगाडि निजी क्षेत्रबाट कम्पनी खोलिनु र हालसम्म चल्नु उदाहरणीय काम भएको बताएका छन् ।
शुक्रबार आईएमई ग्रुपको २५ औं वार्षिकोत्सव कार्यक्रममा पौडेलले यस्तो बताएका हुन् ।
‘आज भन्दा २५ वर्षको अगाडि निजी क्षेत्रबाट कम्पनी खोलिनु आफैंमा ठुलो कुरा थियो । देशमा २५ वर्षसम्म कुनै कम्पनी चल्नु चानचुने कुरा होइन,’ पौडेलले भने ।
उनले मुलुकको आर्थिक वृद्धिका लागि उद्यमी जन्मिनु, व्यवसाय चल्नु महत्त्वपूर्ण विषय भएको बताउँदै आईएमईले गरेको काम उदाहरणीय भएको उल्लेख गरे ।








प्रतिक्रिया