गभर्नर नियुक्तिमा सरकारले चलखेल र प्रपञ्च गरिरहेको छ: प्रचण्ड

182
Shares

बैतडी । पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारले गभर्नर नियुक्तिमा अनेक चलखेल र प्रपञ्च गरिरहेको आरोप लगाएका छन् ।

जनतासँग माओवादी मध्यपहाडी लोकमार्ग केन्द्रित जागरण अभियान उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रचण्डले गभर्नर तुरुन्तै नियुक्ति गर्नुपर्ने पद भए पनि सरकार चलखेल र प्रपञ्चमा लागेको आरोप लगाए ।

‘गभर्नर तुरुन्तै हुनुपर्ने पद हो त्यो । अहिलेसम्म नियुक्ति गर्नको सकेको छैन । त्यसमा अनेक चलखेल र प्रपञ्च भइरहेका छन् । यो सबै कारणले यो सरकार गलत दिशातिर गइरहेको छ,’ प्रचण्डले भने ।

आफूहरुले चुनौतीका साथ सरकारलाई खबरदारी गरिरहेको उनको भनाइ छ । आफू नेतृत्वको सरकारलाई षड्यन्त्रबाट हटाएको उनको आरोप छ । कांग्रेस एमाले नेतृत्वको गठबन्धन सरकारले धेरै भ्रष्टाचारको संरक्षण मात्रै होइन, अझै भ्रष्टाचारमा अघि बढिरहेको उनको आरोप छ ।