
काठमाडौ । चालु आर्थिक वर्षमा गैरकृषि क्षेत्रले अर्थतन्त्रको वृद्धिलाई गर्ने प्रारम्भिक अनुमान केन्द्रीय तथ्यांक कार्यालयले सार्वजनिक गरेको छ ।
चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर ४.६१ प्रतिशत हुने प्रारम्भिक अनुमान सार्वजनिक गरेको केन्द्रीय तथ्यांक कार्यालयले गैरकृषि क्षेत्रको आर्थिक वृद्धिदर ४.२८ प्रतिशत रहने कार्यालयको अनुमान छ ।
बुधबार केन्द्रीय तथ्यांक कार्यायले आर्थिक वर्ष २०८१/८१ को राष्ट्रिय लेखा तथ्यांक सार्वजनिक गरेको हो । कार्यालयका राष्ट्रिय लेखा शाखाका निर्देशक ऋषिराम सिग्देलका अनुसार कृषि क्षेत्रको वृद्धिदर भने ३.२८ प्रतिशत रहने कार्यालयको अनुमान छ ।
कृषि क्षेत्रको वृद्धिदर गत आर्थिक वर्षको तुलननामा केही कम भए पनि गैरकृषि क्षेत्रको वृद्धिदरमा भने उल्लेख्य सुधार भएको हो ।
गत आर्थिक वर्षको संशोधित आर्थिक वर्षको संशोधित आर्थिक वृद्धिदर ३.६७ प्रतिशत रहेको तथ्यांक सार्वजनिक गरेको कार्यालयले कृषि क्षेत्रको वृद्धिदर ३.३५ र गैरकृषि क्षेत्रको वृद्धिदर ३.३६ प्रतिशत रहेको जनाएको छ ।
चालु आर्थिक वर्षमा भने कृषि क्षेत्रको वृद्धिदर ३.२८ प्रतिशत मात्रै रहने अनुमान सार्वजनिक गरेको कार्यालयले गैरकृषि क्षेत्रको वृद्धिदर भने ४.२८ प्रतिशत रहने अनुमान गरेको छ ।
आर्थिक वर्ष २०७८/७९ मा गैर कृषि क्षेत्रको वृद्धिदर ६.५४ प्रतिशत हुँदा कृषि क्षेत्रको २.३५ प्रतिशत मात्रै थियो । उक्त आर्थिक वर्षको वृद्धिदर ५.६३ प्रतिशत थियो ।
आर्थिक वर्ष २०७९/८० मा कृषि क्षेत्रले लिड गर्दै ३.०२ प्रतिशतको वृद्धिदर हुँदा गैर कृषि क्षेत्रको वृद्धिदर १.९८ प्रतिहत मात्रै थियो । उक्त वर्ष भने १.९८ प्रतिशत मात्रै आर्थिक वृद्धिदर रहेको केन्द्रिय तथ्यांक विभागले जनाएको छ ।







प्रतिक्रिया