चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर ४.६१ प्रतिशत

217
Shares

काठमाडौं । चालु आर्थिक वर्ष नेपालको अर्थतन्त्र ४.६१ प्रतिशतले विस्तार हुने भएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले चालु आवको राष्ट्रिय लेखा तथ्यांक सार्वजनिक गर्दै आर्थिक वृद्धिदर ४.६१ प्रतिशत रहने अनुमान थरेको हो ।

गत आव नेपालको आर्थिक वृद्धिदर ३.८७ प्रतिशत थियो । गत आवको परिमार्जित आर्थिक वृद्धिदर ०.२ प्रतिशत बिन्दु कम अर्थात् ३.६७% रहेको तथ्यांक कार्यालयले जनाएको छ ।

यो आर्थिक वृद्धिदर उपभोक्ता मूल्यमा हो ।

आर्थिक वर्ष २०८१/८२ मा नेपालको अर्थतन्त्रको आकार ६१ खर्ब ७ अर्ब पुग्ने प्रारम्भिक अनुमान गरिएको छ ।

गत आवको अन्त्यमा नेपालको अर्थतन्त्रको आकार ५७ खर्ब ४ अर्ब रहेको थियो ।