नागरिक एप निर्देशिका खारेज, प्रविधिमैत्री बनाउने उक्त एपको सञ्चालन कसरी ?

7.4k
Shares


काठमाडौैं । सरकारले नागरिक एप (सञ्चालन तथा व्यवस्थापन) निर्देशिका २०७८ खारेज गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैंठकले उक्त निर्देशिका खारेज गरेको सञ्चार मन्त्री पृथ्वीसुब्बा गुरुङले मंगलबार जानकारी दिएका छन् ।

सरकारले उक्त निर्देशिका खारेज गरेको भएपनि सरकारी निकायलाई प्रविधिमैत्री बनाउन सहयोग गर्ने उक्त एपको सञ्चालन भने रोकिने छैन । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव अनिल दत्तका अनुसार सञ्चार मन्त्रालयले नागरिक एप सञ्चालन दिग्दर्शन तयार पारेको छ । यो दिग्दर्शन पनि निर्देशिका नै हो । दत्तले भने ‘मन्त्रालयमाफत सञ्चालन गर्न सहज हुने भएकोले उक्त दिग्दर्शन कार्यान्वयन गर्न नागरिक एप निर्देशिका खारेज भएको हो ।’

सरकारको प्रविधिमैत्री कार्यको लागि सहयोग गर्ने उक्त एपलाई प्रभावकारी बनाउन र सञ्चालनमा सहजता दिनको लागि नयाँ निर्देशिका ल्याएको छ । यस्तो निर्देशिका सञ्चार मन्त्रालयले तयार गरेर स्वीकृति गराने तयारी अन्तिममा रहेकोले मन्त्रिपरिषदले यस अघि जारी गरेको निर्देशिका खारेज भएको हो ।

सञ्चार मन्त्रालयका अनुसार नयाँ निर्देशिका ल्याउन पुरानोलाई खारेज गर्न सञ्चार मन्त्रालयले नै प्रस्ताव पठाएको र सरकारले पनि सोही अनुसार निर्णय गरेको हो ।