आम्दानी र खर्चको सन्तुलन मिलाउन नसक्दा सरकार १ खर्ब घाटामा, ५०% मात्रै राजस्व संकलन

56
Shares


काठमाडौं । सरकारले चालू आर्थिक वर्षको ८ महिना वितिसक्दा समेत आम्दानी र खर्चको सन्तुलन मिलाउन सकेको छैन । आम्दानी भन्दा खर्च बढी हुँदा सरकार चालू आवको पहिलो ८ महिनामा १ खर्ब १ अर्ब रुपैयाँ घाटामा गएको छ ।

महालेखा नियन्त्रकको फागुन महिनासम्मको तथ्यांक अनुसार सरकारले आम्दानी ७ खर्ब ३८ अर्ब रुपैयाँ रहेको छ भने यो अवधिसम्ममा भएको खर्च ८ खर्ब ३९ अर्ब रुपैयाँ भएको देखिएको छ ।

सरकारले गरेको आम्दानी राजस्व संकलनबाट ७ खर्ब २० अर्ब, अनुदानबाट ९ अर्ब १६ करोड र अन्य बजेटरी सहायता ९ अर्ब ३१ करोड रुपैयाँसहित कुल आम्दानी ७ खर्ब रुपैयाँ भएको हो ।

सरकारले यस्तो आम्दानीबाट गरेको खर्च भने चालु खर्चमा ५ खर्ब ८४ अर्ब, पुँजीगत खर्चमा ८२ अर्ब र वित्तीय व्यवस्थापनतर्फ १ खर्ब ७२ अर्ब रुपैयाँसहित ८ खर्ब रुपैयाँ खर्च गरेको पनि तथ्यांकले देखाएको छ ।

सरकारको आम्दानी र खर्चको सन्तुलन बिग्रदैँ जाँदा सरकारलाई वित्तीय रुपमा असहजता समेत बढेदै गएको छ । आम्दानी भन्दा बढीको खर्च व्यवस्थापन गर्न हम्मे हम्मे परिरहेको सरकारले ऋण लिएर कर्मचारीलाई तलव खुवाउनुपर्ने अवस्थामा छ ।

सरकारले यो वर्ष १४ खर्ब १९ अर्ब रुपैयाँ राजस्व संकलनको लक्ष्य अगाडि सारेको भएपनि ८ महिनामा ७ खर्ब २० अर्ब रुपैयाँ मात्रै राजस्व वापत आम्दानी गरेको छ । यस्तो आम्दानी कुल वार्षिक लक्ष्यको ५०.७५ प्रतिशत मात्रै हो ।

सरकारले ८ महिनामा ७ खर्ब २० अर्ब रुपैयाँ मात्रै राजस्व संकलन गरेको छ भने अब ४ महिनामा विगतको ८ महिनामा गरेको राजस्व संकलन सरहको आम्दानी गर्नुपर्ने चुनाैती सरकारलाई थपिएको छ ।

सरकारले चालू आर्थिक वर्ष २०८१/८२ का लागि १८ खर्ब ६० अर्ब रुपैयाँको बजेट ल्याएको छ । यो बजेटबाट ११ खर्ब ४० अर्ब चालूमा र ३ खर्ब ५२ अर्ब पुँजीगतमा खर्च गर्ने उल्लेख गरेको छ ।

सरकारले हालसम्म पुँजीगत अर्थात विकास निर्माणको लागि गरेको खर्च २३ प्रतिशत मात्रै छ । यो अवधिमा सरकारले गरेको पुँजीगत खर्च ८२ अर्ब रुपैयाँ मात्रै छ भने कर्मचारी प्रसासनमा गरेको खर्च ५ खर्ब ८४ अर्ब रुपैयाँ छ ।

सरकारले यो वर्ष कुल पाँच खर्ब ४७ अर्ब रुपैयाँ ऋण उठाउने लक्ष्य राखेको छ । यसमध्ये माघसम्म दुई खर्ब ९० अर्ब रुपैयाँ ऋण उठाइसकिएको छ । यस्तोऋण उठाएको रकममध्ये एक खर्ब ५० भएको सार्वजनिक ऋण व्यवसथापनको कार्यालयको तथ्यांकले देखाएको छ ।

गत माघसम्म सरकारको कुल ऋण रकम २६ खर्ब ११ अर्ब रुपैयाँ पुगिसकेको छ । यस्तो ऋणमा आन्तरिक ऋण १२ खर्ब ८२ अर्ब रुपैयाँ रहेको छ भने वाह्य ऋण १३ खर्ब २८ अर्ब रुपैयाँ रहेको छ ।