
काठमाडौं । वाणिज्य बैंकहरूले निक्षेपको ब्याजदर घटाउन छाडेका छन् । सञ्चालनमा रहेका २० मध्ये १७ बैंकले निक्षेपमा दिने अधिकतम ब्याजदर यथावत राखेका हुन् ।
फागुनको तुलनामा कुमारी बैंकले मात्र ब्याजदर बढाएको छ । सिटिजन्स र हिमालयन बैंकले भने घटाएका छन् ।
कुमारीले फागुनमा निक्षेपमा अधिकतम ५.९१ प्रतिशत ब्याज दिएकामा चैतमा ६.०१ प्रतिशत दिने भएको छ । यसैगरी नेपाल बैंकले ५.६ बाट ५.५ प्रतिशत कायम गर्दा हिमालयनले ६.२५ प्रतिशतबाट ५.५ मा सिमित गरेको छ । सिटिजन्स बैंकले भने संस्थागत निक्षेपको ब्याजदर घटाएको छ । लक्ष्मी सनराइज बैंकले पनि ब्याजदर घटाएको छ ।
यससँगै वाणिज्य बैंकहरूको औसत अधिकतम ब्याजदर ५.९३ प्रतिशत कायम भएको छ जुन फागुनको तुलनामा ०.०८ प्रतिशत बिन्दु कम हो ।
प्रतिक्रिया