
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले सन् २०२५ को वार्षिक क्यालेन्डर सार्वजनिक गरेको छ । क्यानले लामो समयको छलफल र पूर्व तयारीपछि वार्षिक कार्यक्रम सार्वजनिक गरेको हो ।
क्यानको योजनाअनुसार धेरै प्रतियोगिता र कार्यक्रम अघिल्लो वर्षका नै परेका छन् । क्यानले सार्वजनिक गरेको कार्यक्रममा केही नयाँ कार्यक्रममा भने टेस्ट राष्ट्रसँग सिरिज खेल्ने योजना अटाएका छन् ।
नेपाली राष्ट्रिय क्रिकेट टिम, महिला राष्ट्रिय क्रिकेट टिम, नेपाल ए टिम र घरेलु प्रतियोगिता गरि क्याने ५५ वटा प्रतियोगितालाई क्यालेन्डरमा सार्वजनिक गरेको छ।
क्यानका सचिव पारस खड्काअनुसार घरेलु क्रिकेटमा आयोजना हुने प्रदेश स्तरिय र कुनै स्थानिय निकायले गर्ने प्रतियोगितालाई भने समावेस गरिएको छैन । क्यानले सार्वजनिक गरको तालिका अनुसार आईसीसी विश्वकप लिग२ लाई मुख्य योजनाका रुपमा अघि सारिएको छ ।
नेपाली राष्ट्रिय टोलीले आउने अप्रिल ९ देखि १३ तारिखसम्म हङकङ क्वाड्राङ्गुलर सिरिजमा हङकङ, कतार र नामिबियासँग खेल्नेछ ।
नेपाललले मुख्य रुपमा हेरेको आईसीसी लिग २ मा स्कटल्याण्ड र नेपाल नेदरल्यान्ड्सले जुन ३–१२ सम्म प्रतिस्पर्धा गर्नेछ । जुन सिरिज नेपालका लागि निकै महत्वपूर्ण रहेको छ ।
नेपालले यूके भ्रमणको तयारी मे १५–३० मा गर्नेछ । त्यस्तै नेपाल ए टिमको सिरिज पनि मे नै हुनेछ । नेपालले जुन महिनामा स्कटल्याण्ड बनाम नेपाल टी–२० द्विपक्षीय सिरिज खेल्नेछ ।
त्यसपछि नेपालले अगस्टमा भारतका विभिन्न स्थानमा पोकेट क्याम्प खेल्नेछ । नेपालले सेटेम्बरमा टी–२० विश्वकप छनोट तयारीका लागि अस्ट्रेलिया भ्रमण गर्नेछ ।
अक्टोबर २५ देखि नोभेम्बार ५ सम्म नेपालले यूएई, अमेरिकासँग आईसीसी लिग २ खेल्नेछ । नेपालको हङकङ सिरिज नोभेम्बर १–८ सम्म हुनेछ ।
३ घरेलु एकदिवसीय खेल ओमानसँग आईसीसी लिग २ मा नेपालले ओमान र यूएईसँग खेल्नेछ । नेपालले सोही समय डिसेम्बरमा ३ टी–२० खेल ओमानसँग खेल्नेछ ।

पुरुषको घरेलु क्रिकेट
जय ट्रफी मेन्स एलीट कप रेटिङ क्याम्प (जनवरी १६–२४), पीएम कप (फेब्रुअरी १५ – मार्च २), पीएम कप सिनियर्स (मार्च ९–२९), राष्ट्रिय टी–२० च्याम्पियनसिप (अप्रिल), १०औं राष्ट्रिय खेलकुद (मे १७–२६), सीएएन लेभल १ कोचिङ, अम्पायरिङ कोर्स, क्यूरेटर कोर्स (७ प्रदेश) (जुन), एनपीएल मिनी अक्सन (अगस्ट), नेपाल ए टिम टुर (भारत÷बंगलादेश) (सेप्टेम्बर), प्रादेशिक प्रतियोगिता (अक्टोबर)
नेपाल प्रिमियर लिग (नोभेम्बर), महानगरपालिका कप (डिसेम्बर)
महिला अन्तर्राष्ट्रिय क्रिकेट
महिला टोलीलाई फ्रेब्रुअरीमा दुई साताको फिटनेस र फिल्डिङ क्याम्प, नेपाल युगाण्डा भ्रमण (टी–२०आई, युगाण्डा क्वाड्राङ्गुलर) (मार्च), आईसीसी महिला टी–२० विश्वकप एसिया छनोट (मे १७–२४) – थाइल्याण्ड, हङकङ, यूएई, कुवेत, मलेसिया, नेपाल, कतार, महिला इमर्जिङ टिम्स एसिया कप (थाइल्याण्ड) (जुन), नेपाल महिला टोलीको श्रीलंका भ्रमण (प्रस्तावित) (अक्टोबर), नेपाल महिला टोलीको युगाण्डा, नामिबिया, नेदरल्यान्ड्सविरुद्ध सिरिज (नेपालमा) (नोभेम्बर)
महिला घरेलु क्रिकेट
पीएम कप (जनवरी १४–२५), १०औं राष्ट्रिय खेलकुद (मे १७–२६), महिला एलिट कप (५० ओभर) (सेप्टेम्बर)
पुरुष यु–१९ घरेलु/अन्तर्राष्ट्रिय
सीएएन युथ कप (यु–१९) त्रिकोणात्मक सिरिज (जनवरी २६ – फेब्रुअरी २), आईसीसी यु–१९ पुरुष विश्वकप एसिया छनोट (अप्रिल १२–२८), नेपाल इमर्जिङ टिम्स एसिया कप (थाइल्याण्ड) (जुन), नेपाल यु–१९ टोलीको मलेसिया भ्रमण (जुलाई), नेपाल यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता (सेप्टेम्बर), एसीसी पुरुष यु–१९ प्रिमियर कप (अक्टोबर), एसीसी पुरुष यु–१९ एसिया कप (यूएई) (डिसेम्बर)
महिला यु–१९
आईसीसी यु–१९ महिला क्रिकेट विश्वकप (फेब्रुअरी), राष्ट्रिय विद्यालय च्याम्पियनसिप (अप्रिल), यु–१९ विद्यालय च्याम्पियनसिप (सेप्टेम्बर)








प्रतिक्रिया