
काठमाडौं । नेपाल बीमा प्राधिकरणका पूर्वअध्यक्ष सूर्यप्रसाद सिलवालले सफाइ पाएका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंसिर २४ गते सिलवालविरुद्ध नागरिकतामा पटक–पटक जन्म मिति संशोधन गरेको तथा राहदानीमा केरमेट र जालझेल गरेको अभियोगमा आरोपपत्र दायर गरेको थियो । विशेष अदालतले आज (आइतबार) उनलाई सफाइ दिएको हो ।
आइतबार अध्यक्ष तथा न्यायाधीश टेक नारायण कुँवर, न्यायाधीश रितेन्द्र थापा र विदुर कोइरालाको इजलासले सिलवाललाई सफाइ दिएको हो ।
अख्तियारले अभियोग दायर गरेसँगै सिलवाल प्राधिकरणको अध्यक्षबाट निलम्बित भएका थिए । कार्यकाल सकिन लाग्दा सिलवाल निलम्बित भएपछि सरकारले अध्यक्षमा शरद ओझालाई नियुक्त गरिसकेको छ ।
प्रतिक्रिया