
काठमाडौं । सरकारी वार्ता टोलीले पाथीभरा क्षेत्रमा केबलकार निर्माण तत्कालका लागि स्थित हुने भएको छ । सरकारले गठन गरेको वार्ता समितिले तत्काललाई केबलकार निर्माण स्थगित गर्दै आन्दोलनरत पक्षलाई वार्तामा बोलाएको हो ।
सरकारले गृहमन्त्रालयका सहसचिव प्रेम प्रसाद भट्टराईको संयोजकत्वमा वार्ता समिति गठन गरेको थियो । उक्त समितिले ‘नो केबलकार’ समूहको समितिसँग केही चरणमा वार्ता गरे पनि अहिले रोकिएको अवस्था छ ।
यसैबीच समितिले सोमबार केबलकार निर्माण तत्कालका लागि रोक्दै पुन: वार्ता र संवादका लागि आउन अपिल गरेको छ ।
यसअघि समितिले फागुन ९ गतेपनि आन्दोलनरत पक्षलाई वार्तामा बस्न आह्वान गरेको थियो ।
ताप्लेजुङ जिल्लाको पाथिभरा क्षेत्रमा केबलकार निर्माणको क्रममा उत्पन्न समस्या र विवादलाइ वार्ता र संवादको माध्यमबाट समस्याको शान्तिपूर्ण समाधानका लागि सम्बन्धित सरोकारवाला आयोजना निर्माण पक्षसँग समेत समन्वय गरी आन्दोलनरत पक्षसँग वार्ता गर्न नेपाल सरकार गृह मन्त्रालयद्वारा पुस २० गते वार्ता टोली गठन गरेको थियो ।

प्रतिक्रिया