ग्राउन्ड जिरो

पाथीभरामा केबलकार बनाउने हो डाँडै भत्काउने होइन, २/४ जनाले विरोध गरेर विकास रोकिँदैन


ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिकाभित्रै पर्छ पूर्वकै प्रमुख धार्मिक सांस्कृति पर्यटकीय गन्तव्य, पाथीभरा । यो धार्मिक गन्तव्यमा पुग्न सहज बनाउन बन्दै पाथीभरा केबलकार यही नगरपालिका भित्र पर्ने भएसँगै पछिल्लो समय केबलकार बनाउने र नदिने बीच भइरहेको विवादको भूमरीमा यो नगरपालिका समेत परेको छ । नगरपालिका भने पाथीभरामा केबलकार बनाउन दिने पक्षमा छ ।

राज्यले अनुमति दिएर निर्माण गर्न थालिएको केबलकारको काम निरन्तर अघि बढेको छ ।

नगरपालिका र जिल्लाकै विकासको ढोका खोल्ने भएकाले केबलकार बनाउनु पर्ने तर्क नगरपालिकाका नगरप्रमुख अमिर मादेनको छ । मादेनले आफ्नो घोषणापत्रमै केबलकार बनाउने विषय उल्लेख गरेका थिए ।

पाथीभरामा देवीको स्थापना मादेनकै बाजे हर्कजंगको भूमिका छ । हर्कजंगको पहलमा जिल्लाका सरोकारवाला र बुद्धिजीवी मिलेर ओडारमा रहेको देवीको प्रतिमालाई ९० वर्षअघि पाथीभरा डाँडामा स्थानान्तरण गरिएको हो ।

पाथीमा अन्न भरिएर बनेको चुली जस्तो देखिने डाँडामा देवीलाई स्थानान्तरण गरेपछि त्यतिबेलै हिन्दूधर्मको पञ्चकालिका र लिम्बुहरुले एउटै नाम ‘पाथीभरा’ नामले चिन्ने गरेको मादेनको स्मरण छ । अहिले किराँतहरुले पाथीभरालाई मुक्कुमलुङ भन्छन्।

पछिल्लो समय नामसँगै पाथीभरामा केबलकार बनाउने विषयमा विवाद चुलिएको छ । ताप्लेजुङकै पहिलो र ठूलो पूर्वाधारको रुपमा बन्दै गरेको केबलकारले ताप्लेजुङमा अन्य भौतिक पूर्वाधारको लागि आधार तय गर्ने तथा केबलकार बने जिल्लोको आर्थिक तथा सामाजिक विकास हुने बताइएको छ । अर्कातर्फ पाथीभराको नाम मुकुम्लुङ नै हुनुपर्ने तथा केबलकार बनाए धार्मिक संस्कृतिक पक्ष कमजोर हुने र पाथीभरा क्षेत्रमा काम गरेर जीवन निर्वाह गर्नेहरुको गाँस खोसिने तर्क केही पहिचानवादीको छ ।

फुङलिङ ताप्लेजुङको सदरमुकाम पनि हो । सोही नगरका मेयर मादेन हुँदै गरेको विकासको काम र खुल्दै गरेको अवसरको ढोकामा केही व्यक्ति बाधक बनेर उभिएको तर्क गर्छन् ।

ताप्लेजुङको मात्रै नभएर कोशी प्रदेशकै विकास गर्न पनि केबलकार बनाउनुपर्ने तर्क मादेनको छ । उनले केबलकार निर्माणसँगै ताप्लेजुङको विकास हुने तर्क मादेनले गरेका छन् ।

पाथीभरा देवीको महत्त्व, पाथीभरामा विकास निर्माणको आवश्यकता र केबलकार निर्माणको औचित्यसहितका विषयमा केन्द्रिकृत भएर क्लिकमान्डुले फुङलिङ नगरपालिका मेयर अमिर मादेनसँग कुराकारी गरेको छ । प्रस्तुत छ, उनीसँग क्लिकमान्डुले गरेको कुराकानीः

भिडियो: रवि धिताल