
काठमाडौं । सेयर बजार १९ अंकले बढेको छ । बजार बढ्दा १७६ कम्पनीको सेयर मूल्य बढेको छ भने ६३ कम्पनीको भने घटेको छ । आइतबार ०.७३ प्रतिशतले बजार बढेर नेप्से २६९८ बिन्दुमा पुगेको छ । आइतबारको सेयर बजारमा २ करोड ९ लाख कित्ता सेयरको किनेबचबाट करिब साढे ९ अर्ब रुपैयाँको कारोबार भएको छ ।
बजार बढेका दिन विन नेपाल लघुवित्त, गराँस लघुवित्त, नेपाल फाइनान्स, जनक फाइनान्स, गार्डियन माइक्रोफाइनान्सको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आज सबैभन्दा बढी गुमाउनेमा न्यादी हाइड्रोपावर छ । यो कम्पनीको सेयर मूल्य १० प्रतिशतले घटेको छ ।
आइतबारको सेयर बजारमा सबैभन्दा बढी कमाउनेमा फाइनान्स उपसमूह रहेको छ । फाइनान्स उपसमूह ४.९४ प्रतिशतले बढेको छ । बजार बढेको दिन ननलाइफ इन्स्योरेन्स र म्युचुल फण्ड उपसमूह भने ऋणात्मक छ । अरु सबै उपसमूह धनात्मक रहेको छ ।
प्रतिक्रिया