पेट्रोलको मूल्य बढ्दा डिजेल र मट्टीतेलको घट्यो

6.1k
Shares

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ भने डिजेल र मट्टीतेलको घटाएको छ । आइतबारदेखि लागू हुने गरि निगमले तेलको मूल्य हेरफेर गरेको हो ।

नयाँ मूल्यसूची अनुसार पेट्रोलको मूल्य प्रतिलिटर १ रूपैयाँले बढेर १६८ रूपैयाँ तथा डिजेल र मट्टीतेलको ४ रूपैयाँले घटेर १५६ रूपैयाँ कायम भएको छ ।