१४ सहसचिवको जिम्मेवारी हेरफेर: आन्तरिक राजस्वमा दाहाल र भन्सार विभागमा भट्टराई (सूचीसहित)


काठमाडौं । अर्थ मन्त्रालयले सहसचिवहरूको जिम्मेवारी हेरफेर गरेको छ ।

अर्थ मन्त्रालयअन्तर्गत वित्तीय व्यवस्थापन, प्रशासन, नीति विश्लेषण, भन्सार, कर तथा अन्य क्षेत्रका महाशाखा र निकायहरूमा कार्यरत सहसचिवहरूलाई नयाँ जिम्मेवारी तोकिएको हो ।

मन्त्रालयले आन्तरिक राजस्व विभागको महानिर्देशकमा मदन दाहाल तथा भन्सार विभागको जिम्मेवारी महेश भट्टराईलाई दिएको छ । दाहाल यसअघि अर्थ मन्त्रालयको प्रशासन महाशाखामा कार्यरत थिए । त्यस्तै, भट्टराई योजना अनुगमन तथा मूल्याङ्कन महाशाखाबाट भन्सार विभागको नेतृत्वमा पुगेका हुन् ।

वित्तीय व्यवस्थापन समन्वय महाशाखाका थानप्रसाद पंगेनी प्रशासन महाशाखामा कार्यरत सरुवा भएका छन् भने शोभा कान्त पौडेल सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रबाट आर्थिक नीति विश्लेषण महाशाखामा पुगेका छन् ।

त्यस्तै मन्त्रालयको आर्थिक नीति विश्लेषण महाशाखाका सहसचिव महेश आचार्य सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रका तालिम प्रमुखमा सरुवा भएका छन् ।

को कहाँ पदस्थापन?