काठमाडौं । अर्थमन्त्री विष्णु पौडेले बजेटको अर्थवार्षिक मूल्यांकन प्रतिवेदन प्रतिनिधि सभाको विहीबारको बैठकमा प्रस्तुत गरेका छन् । स्रोत व्यवस्थापन र कार्यान्वयन सुनिश्चिततासहितको संगालो बजेट भएको भन्दै सदनमा आफ्नो तर्क पेश गरेका छन् ।
उनले अर्थमन्त्रीको हैसियतले संसदमा धन्यवाद पाउनुपर्नेमा उनले पूर्व अर्थमन्त्रीबाटै आलोचना भएको विषयमा पनि गुनासो व्यक्त गरेका छन् ।
अर्थमन्त्री संसदले भने ‘यो बजेट संसदको लागि एक प्रकारको बोझसमेत हो । अहिलेको बजेटलाई थाती राखेर पूरक बजेट ल्याउन सक्ने थिएँ, तर मैले यही बजेटलाई निरन्तरता दिएँ ।’ आफूले पूरक बजेट नल्याइ पूर्व अर्थमन्त्री वर्षमान पुनले ल्याएको बजेट नै निरतरता दिँदासमेत आलोचना भोगेकामा पौडेलले गुनासो गरे ।
अर्थमन्त्री पौडेलले बजेट ल्याउने क्रममा बिना योजना र तयारी ११ हजार योजना थपेको पनि आरोप लगाए । उनले बजेतमा ७५ हजार रुपैयाँ राखेर योजना समावेश गरेको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन् ।
पूर्व अर्थमन्त्रीले ल्याएको ७५ हजारको बजेट हुँदा प्रदेश र स्थानीयले कत्रो ? बजेट ल्याउने भन्दै प्रश्न पनि गरे । उनले अर्थमन्त्रीले बजेट ल्याउँदा सिरियसली सम्बोधन गर्नुपर्ने पनि जिकिर गरे ।
उनले ‘११ हजार योजना सांसदहरुको सिफारिमा आएका हुन् ? भन्दै प्रश्न गरे । पूर्वअर्थमन्त्री पुनले ल्याएको गैरजिम्मेवारीपूर्ण बजेटको जिम्मा कसले लिने ? भन्दै थप प्रश्न गरे ।
प्रतिक्रिया