झापामा प्रहरीले चलायो गोली, एक जना घाइते

1.8k
Shares

झापा । जिल्लाको कनकाई नगरपालिका तुलसीबारीमा लागूऔषध कारोबारी समात्ने क्रममा प्रहरीले गोली चलाएको छ ।

गोली लागेर भारतीय नागरिक अञ्जर आलम घाइते भएका छन् भने उनका भाइ युसुफ आलमलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ परेका व्यक्तिहरूको साथबाट प्रहरीले ३२ ग्राम ब्राउन सुगर बरामद गरेको छ ।

नेपाल–भारत सीमा नजिक रहेको तुलसीबारी क्षेत्रमा लागूऔषध कारोबार नियन्त्रण गर्न लागूऔषध नियन्त्रण ब्यूरो तथा जिल्ला प्रहरी कार्यालय, झापाको टोली परिचालित थियो।

घाइतेलाई उपचारका लागि अस्पताल लगिएको प्रहरीले जनाएको छ ।