काठमाडौं । सूर्यज्योती लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको ६ महिनामा १९ करोड ६१ लाख ३९ हजार १६० रुपैयाँ नाफा आर्जन गरेको छ ।
गत आवको सोही अवधिको तुलनामा इन्स्योरेन्सको नाफा ३.३६प्रतिशतले बढेको छ । गत आवको सोही अवधिमा कम्पनीले १८ करोड ९७ लाख ४८ हजार १८२ रुपैयाँ नाफा आर्जन गरेको छ ।
कम्पनीले प्रकाशित गरेको पुस मसान्तसम्मको अपरिस्कृत वित्तीय अवस्था अनुसार खुद बिमाशुल्क आर्जन ४ अर्ब ९८ करोड १५ लाख ९५ हजार ९६१ रुपैयाँ आर्जन गरेको छ । गत आवको सोही अवधिमा ४ अर्ब १५ करोड ७१ लाख ८१ हजार ७१६ रुपैयाँ रहेको थियो ।
कम्पनीको खुद आय ७ अर्ब रहेको छ । ५ अर्ब १ करोड १९ लाख ४७ हजार ७९७ रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीले ३२ करोड ८२ लाख ८६ हजार ८८४ रुपैयाँ रिटेर्न अर्निङ गरेको जनाएको छ ।
कर्मचारीको जीवन बिमा कोषमा ३७ अर्ब ७३ करोड ४० लाख ८८ हजार रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ७.८३ रुपैयाँ रहेको छ भने प्रति सेयर नेटवर्थ १२३ रुपैयाँ ४४ पैसा रहेको छ ।
प्रतिक्रिया