काठमाडौं । वैदेशिक अध्ययनका लागि नेपाली विद्यार्थीले झण्डै ५६ अर्ब ८३ करोड रूपैयाँ बराबर खर्च गरेका छन् ।
गत वर्षको सोही अवधिको तुलनामा यस्तो रकम २ अर्ब बढीले घटेको हो ।
अघिल्लो वर्षको ६ महिनामा वैदेशिक अध्ययनका लागि ५८ अर्ब ९५ करोड बराबरको रकम विदेशिएको थियो । समीक्षा अवधिमा सेवा खाताअन्तर्गत भ्रमण व्यय ९.७ प्रतिशतले वृद्धि भई १ खर्ब १ अर्ब ९२ करोड पुगेको छ । गत वर्ष ६ महिनाको अवधिमा भ्रमण व्यय ९२ अर्ब ८७ करोड बराबर थियो ।
यस अवधिमा खुद सेवा आय ४३ अर्ब ५३ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय ३५ अर्ब ४३ करोडले घाटामा रहेको थियो । सेवा खाता अन्तर्गत समीक्षा अवधिमा भ्रमण आय पाँच दशमलव एक प्रतिशतले वृद्धि भई ४१ अर्ब ८६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ३९ अर्ब ८२ करोड रहेको थियो ।
प्रतिक्रिया