नेको इन्स्योरेन्सले हकप्रद सेयर निष्कासन गर्ने


काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीले २५ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ ।

कम्पनीले फागुन ८ गतेदेखि ४ः१ अनुपातमा ५० लाख ३० हजार ९०१ कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो । कम्पनीले प्रतिकित्ता सय रुपैयाँका दरले ५० करोड ३० लाख ९० हजार १५५ सय रुपैयाँको हकप्रद सेयर निष्कासन गर्नेछ ।

हकप्रद सेयरमा लगानीकर्ताले फागुन २८ गतेसम्म आवेदन दिन पाउनेछन् । कम्पनीले माघ १८ गते बुक क्लोज गरिसकेको छ । माघ १७ गतेसम्म कायम रहेका सेयरधनीले हकप्रद सेयरमा आवेदन दिन पाउँनेछन् ।

यसको बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ । यसमा धितोपत्र बोर्डबाट सी–आस्वा अनुमति रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सकिनेछ ।

हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब १ करोड २३ लाख ६० हजार रुपैयाँ छ । हकप्रद सेयर निष्कासन पछि चुक्ता पुँजी २ अर्ब ५१ करोड रुपैयाँ पुग्नेछ ।

Skip This