शिखर इन्स्योरेन्सको लाभांश घोषणा

2.2k
Shares

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेको छ ।

माघ १५ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८०/०८१ को नाफाबाट सेयरधनीलाई १०.५२ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । जसमा बोनस १० प्रतिशत र कर प्रयोजनका लागि ०.५२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

यो प्रस्ताव बिमा प्राधिकरणबाट स्वीकृत गरेर कम्पनीको आगामी बार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।