काठमाडौ । नेपाल जग्गा तथा आवास विकास महासंघका अध्यक्ष विष्णु प्रसाद घिमिरेले सरकारले ल्याएको अध्यादेश स्वागतयोग्य रहेको बताएका छन् । सरकारले ल्याएको भुमि सम्बन्धि अध्यादेश निकै सकारात्मक रहेको उनले बताएका हुन् ।
उनले हाउजिङमा विदेशी लगानि भित्र्याउन आवश्यक रहेको बताए । जग्गाको कारोबार विद्युतिय माध्यमबाट गर्न सरकारलाई सुझाव दिए ।
घर जग्गाको कारोबार राष्ट्र बैकका कारण बढन नसकेको भन्दै जग्गाको मूल्य र कर्जा धितोको अनुपातका साथ आवास खरिदका लागि आम्दानीको स्रोत खुलाउनुपर्ने हालको व्यवस्थालाई नेपाल राष्ट्र बैकले लचकता अपनाएर पुनरावलोकन गर्नुपर्ने आग्रह गरे ।
प्रतिक्रिया