डेटामा चिटिङ नगर्ने अर्थमन्त्रीकाे प्रतिवद्धता, ५ महिनामा अध्यादेशले आर्थिक सुधार गर्ने दाबी
काठमाडौं । डेटामा अर्थ मन्त्रालयले चिटिङ नगर्ने अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिवद्धता जनाएका छन् । आइतबार अर्थ मन्त्रालयले चालु आर्थिक वर्षको अर्धवार्षीक आम्दानी र खर्च विवरण सार्वजनिक गरेकाे छ ।
साे कार्यक्रममा अर्थ मन्त्रालयले पछिल्लो ६ महिनाको वास्तविकतामा आधारित रहेर खर्च तथा राजस्वको विवरण सार्वजनिक गरेको भन्दै अर्थमन्त्री पौडेलले तथ्यांक विश्वसनीयता प्रस्तुत गरेको बताए ।
अर्थ मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो ६ महिनामा सरकारको राजस्व १२.७ प्रतिशतले बढेको, खर्च १७.८ प्रतिशतले बढेको, वित्तीय संस्थामा २ खर्ब ११ अर्बले निक्षेप संकलन बढेको पनि बताए
यो अवधिमा ३.३ प्रतिशतले निक्षेप संकलमा बढेको र कर्जा प्रवाह पनि २ खर्ब २८ रुपैयाँले बढेको पनि उल्लेख गरेका छन्
सरकारले पछिल्लो ६ महिनामा १ खर्ब ८१ अर्ब रुपैयाँ आन्तरिक ऋण, ५९ अर्ब ३ करोड वैदेशिक ऋण प्राप्त गरेको छ । यस्तो ऋण वार्षिक संलन गर्ने ५ खर्ब ४७ अर्बको तुलनामा ४३ प्रतिशत अर्थात २ खर्ब ४० अर्ब रुपैयाँ भएको पनि अर्थ मन्त्रालयले सार्वजनिक गरेको तथ्यांमा उल्लेख छ ।
यो अवधिसम्ममा सरकारको आन्तरिक ऋण ११ अर्ब ८० अर्ब र वैदेशिक ऋण १२ खर्ब ५३ अर्ब रुपैयाँ पुगेको छ । यो अवधिसम्ममा सरकारको कुल ऋण दायित्व २४ खर्ब ३४ अर्ब पेगेको छ । यस्तो ऋणका लागि सरकारले १ खर्ब ४९ अर्ब रुपैयाँ भुक्तानीसमेत गरिसकेको पनि तथ्यांकमा उल्लेख छ
कार्यक्रममा अर्थ मन्त्रालयले ५ वटा अध्यादेशमाफर्त २८ वटा कानून संशोधन गर्दा ३ वटा अध्यायदेश आर्थिक क्षेत्रसँग सम्बन्धित भएको बताएको छ । आर्थिक तथा व्यवसायिक वातावरण र लगानी अभिबृद्धि सम्बन्धी केही नेपाल कानूनलाई संशोधन गर्ने अध्यादेश, निजीकरण (पहिलो संशोधन) अध्यादेश र आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेशले आर्थिक क्षेत्रको सुधार गर्ने दाबी गरेको छ ।