यसपालि बजेटमा विचित्रको अभ्यास गर्यौंः अर्थमन्त्री
काठमाडौं । यपप्रधान तथा अर्थमन्त्री विष्णु पौडलले यसपालि बजेटमा विचित्रको अभ्यास गरेको बताएका छन् । आइतबार मन्त्रालयमा पत्रकार सम्मेलनमा उनले बजेटको सिद्धान्त तथा प्राथमिकता ल्याउने, बजेट भाषण गर्ने र कार्यान्वयन गर्ने मन्त्री फरकफरक भएको बताएका हुन् ।
‘बजेटको सिद्धान्त र प्राथमिकता एउटा अर्थमन्त्रीले ल्याउनु भयो, बजेट वक्तव्य अर्को अर्थ मन्त्रीले तयार पार्नुभयो, पास र कार्यान्वयन गर्ने बेलामा म छु,’ पौडेलले भने, ‘यस्तो मौका विरलै जुर्छ ।’
बजेटको सिद्धान्त तथा प्राथमिकता तत्कालीन अर्थमन्त्री प्रकाशशरण महत र वक्तव्य वर्षमान पुनले तयार पारेका थिए । महत, पुन र पौडेल फरकफरक राजनीतिक दलका हुन् ।