वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि अदालत परिसरमा रविका समर्थकको आक्रमण
काठमाडौं । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि काठमाडौं जिल्ला अदालत अघि हातपात भएको छ ।
पूर्वउपप्रधान एवं गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको थुनछेक बहस अदालतमा चलिरहँदा बाहिर त्रिपाठीमाथि हातपात भएको हो ।
लामिछानेका समर्थकको हातपात प्रयास र उनको भनाइ लिन खोज्ने युट्युबरको ठेलमठेलमा परेका त्रिपाठीलाई प्रहरीले उद्धार गरेको थियो ।
उनलाई प्रहरीले जिल्ला अदालत परिसरभित्र पुर्याएको थियो । रविका समर्थकले उनीविरुद्ध अपशब्दसमेत बोलेका थिए ।
रविलाई थुनाउने यही हो भन्दै उनीमाथि हातपात भएको थियो ।
काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दाका प्रतिवादी रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको थुनछेक बहस सकिएको छ ।
त्रिपाठीले स्वर्णलक्ष्मी सहकारी पीडितको पक्षबाट अदालतमा बहस गरेका थिए। त्रिपाठीमाथ हातपात आरोपमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ ।
काठमाडौं जिल्ला अदालतमा न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा बुधबार बिहान प्रतिवादी तर्फका वकिलहरूले बहस गरेपछि सरकारी वकिलले जबाफी बहस गरेका थिए ।
सबैको पालो सकिएपछि लामिछानेलाई थुनामा पठाएर मुद्दाको पुर्पक्ष गर्ने कि धरौटीमा रिहा गर्ने भन्ने विषयमा वकिलहरूको बहस सकिएको हो ।
बहस सकिएलगत्तै अब न्यायाधीश अधिकारीले मुद्दाको पुर्पक्ष कसरी हुने भन्ने विषयमा आदेश गर्नेछन् ।