लक्ष्मी सनराइज बैंकको लाभांश पारित
काठमाडौं । लक्ष्मी सनराइज बैंकको २४औं वार्षिक साधारणसभाले सेयरधनीलाई लाभांश दिने प्रस्ताव पारित गरेको छ ।
बैंकले गत आर्थिक वर्षको नाफाबाट चुक्ता पूँजीको ५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको थियो । उक्त प्रस्ताव आज बसेको सभाले पारित गरेको छ ।
सभाले बोनस सेयर पारित गरेसँगै कम्पनीको चुक्ता पूँजी २४ अर्ब ३४ करोड रुपैयाँ पुगेको छ ।
सभाले आर्थिक वर्ष २०८०/८१ का लागि संचालक समितिको प्रतिवेदन तथा सोही आर्थिक वर्षको बैंकको वित्तीय विवरण उपर छलफल गरी स्वीकृत गरेको छ । साथै आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरिक्षकको नियुक्ति समेत गरेको छ ।
आव २०८०/८१ मा ३ खर्ब ३३ अर्ब निक्षेप र २ खर्ब ५८ अर्ब कर्जा पु¥याएको बैंकको वासलातको आकार ३ खर्ब ९५ अर्ब रहेको छ । गत आवमा बैंकले २ अर्ब ९२ करोड रुपैयाँ नाफा आर्जन गरेको छ ।