काठमाडौं । सामान्यतया साना तथा संस्थागत लगानीकर्ताहरुबाट पैसा जम्मा गरी स्टक, बन्ड र धितोपत्रहरुमा लगानी गर्ने संयन्त्रलाई ‘म्युचुअल फन्ड’को रुपमा बुझिन्छ । यसमा ठूलो मात्रामा लगानीकर्ताहरुको पैसा जम्मा गरेर कोष खडा गरिएको हुन्छ ।
सामूहिक लगानीकोष नियमावली २०६७ र सामूहिक लगानी कोष निर्देशिका २०६९ अनुसार धितोपत्र बोर्डले म्युचुअल फन्डलाई नियमन गर्छ । जसलाई आवश्यक कानुनी प्रावधानहरु सरकार वा नियामक निकायले जारी गर्ने निर्देशिकाहरुले तय गरेको हुन्छ ।
यो कोषले पैसा कमाउने उद्देश्य राखेर ठूलो संख्यामा लगानीकर्ताहरुबाट पैसा संकलन गरेर इक्विटी, बन्ड लगायत धितोपत्रमा लगानी गरेको हुन्छ । लगानीकर्ताले भने कोषमा लगानी गरेको आधारमा इकाइ प्राप्त गर्न सक्छन् । कोष सञ्चालनको लागत र कमिसन घटाएर लगानीकर्तालाई खरिद गरेको सेयर संख्याको अनुपातमा इकाइ वितरण गरिएको हुन्छ ।
नेपालको सन्दर्भमा बैंक तथा वित्तीय संस्था वा बिमा कम्पनीले म्युचुअल फन्ड सञ्चालन गर्न सक्छन् । म्युचुअल फन्डका संस्थापकको चुक्ता पुँजी कम्तिमा २ अर्ब रुपैयाँ हुनुपर्ने प्रावधान छ । तर कम्पनीले व्यवसाय सञ्चालन गरेको ५ वर्ष पूरा भएको पछिल्लो ३ वर्ष लगातार नाफा गरेको हुनुपर्छ । यससँगै अन्य कतिपय सर्त र मापदण्ड पनि तोकिएको हुन्छ । र ती सबै मापदण्ड पूरा गरी म्युचुअल फन्ड स्थापनाका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिन पाइन्छ ।
यसले कसरी रिटर्न दिन्छ ? यसमा कसरी लगानी गरिन्छ ?
यसमा दुई तरिकाले लगानी गरिन्छ । एसआईटी सिस्टमेटिक इन्भेस्टमेन्ट प्लान र अर्को लमसम अर्थात एकमुस्ट । नेपालमा म्युचुअल फन्ड खुलामुखी र बन्दमुखी गरी दुई प्रकारको हुन्छन् । यी दुई प्रकार र तरिका के हुन् ? र कसरी लगानी हुन्छ ? के फरक हुन्छ त ?
खुलामुखी वा एसआईपीलाई अचेल सिप पनि भन्न थालिएको छ । यसमा रेगुलर बेसमा एउटा फिक्स रकम लगानी गर्न सकिन्छ । यस्तो लगानी साप्ताहिक, मासिक, चौमासिक वा वार्षिक रुपमा गर्न सकिन्छ ।
जबकि लमसम वा बन्दमुखीमा पूरा रकम एकै पटक लगानी गर्न सकिन्छ । एसआईपीमा तपाईं १ सय रुपैयाँदेखि हजारौं रुपैयाँसम्म लगानी गर्न सकिन्छ । तर बन्दमुखी लगानीमा ठूलो रकम एकैपटक जम्मा गर्नुपर्ने हुन्छ ।
एसआईपीमा एभरेजको फाइदा हुन्छ । जस्तो कि जब स्टक मार्केट उच्च हुन्छ भने फन्डको कम युनिट प्राप्त हुन्छ । तर जब सेयर बजारमा गिरावट आउँछ भने धेरै युनिटको फाइदा पनि पाइन्छ ।
तर बन्दमुखीमा एभरेजको फाइदा पाइँदैन । स्टक मार्केट बढ्दा सुरुवातमै नाफा देखिन्छ । सिपमार्फत सेयर मार्केटको अलगअलग रुपमा लगानी गर्न सकिन्छ । वा बारम्बार स्टक मार्केटको एप्स खोल्न आवश्यकता पर्दैन ।
सिपले लगानीकर्तालाई फ्लेग्जिलिबिटी दिन्छ । अर्थात् तपाईंको तलब बढ्यो भने सिपको रकम पनि बढाउन सक्नुहुन्छ । तर आर्थिक अवस्था डमगायो भने सुधार्नका लागि सिप रोक्न पनि सकिन्छ ।
तर कुन तरिका चाहिँ उपयुक्त हुन्छ ?
ठूलो महामारी लगायत समस्याले बजारलाई उतारचढावमा पुर्याएको बेला वा ठूलो महामारीपछि यदि तपाईंले बन्दुमुखी तरिका अपनाउनुभयो भने सिपको तरिकाले धेरै नाफा सिर्जना गर्न सक्छ । विज्ञहरुले भने कुन तरिका अपनाउने भनेर बुझ्नका लागि केही अभ्यासलाई हेरेर मात्रै निर्णय गर्नुपर्ने सुझाव दिन्छन् ।
पहिलो लगानी रकम । यदि तलब निश्चित छ र तलबाई आधार मान्नुहुन्छ भने सिपको तरिका उपयुक्त हुनसक्छ । किनकि यो निश्चित हुने गर्छ । तर यदि तपाईंसँग ठूलो रकम छ र त्यसको तत्काल कुनै आवश्यकता छैन । वा कतै पनि उपयोग नगरिकन थन्किएर रहिरहेको रकम छ भने त्यसलाई बन्दमुखी योजना मार्फत लगानी गर्न सक्नुहुन्छ ।
अर्को हो आर्थिक उद्देश्य । जस्तो कि बच्चाको पढाइ वा विवाह जस्ता तयारीको लागि दीर्घकालीन लक्ष्य छ भने त्यसको तयारी गरिहाल्नु पर्ने हुन्छ । यस्तो अवस्थामा एसआईपी अर्थात् सिपको तरिका उपयुक्त हुनसक्छ ।
अचेल त इन्टरनेटमा सिपको क्यालकुलेटर पनि उपलब्ध छ । जसले कति लगानीबाट कहिलेसम्म कति नाफा हुन्छ भनेर जानकारी दिन्छ । यसैले पनि म्युचुअल फन्ड पनि सोचेर विवेक पुर्याएर मात्रै लगानी गर्नुपर्ने विज्ञहरु बताउँछन् ।
प्रतिक्रिया