हुन्डाई नेपालले ल्यायो ‘डिसेम्बर डिलाइट’: गाडी किन्दा ६ लाखसम्म छुट



काठमाडौं । नेपालमा हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले आजदेखि ‘डिसेम्बर डिलाइट’ अभियान सुरु गरेको छ । डिसेम्बर १५ सम्म चल्ने यो अभियानमा ग्राहकले विभिन्न आकर्षक छुट तथा विशेष लाभहरुको फाइदा लिन सक्ने कम्पनीले जनाएको छ ।

‘डिसेम्बर डिलाइट’अन्तर्गत, ग्राहकहरुले ६ लाख रूपैयाँसम्मको छुट, ५ लाख रूपैयाँसम्मको एक्सचेन्ज बोनस र एक वर्षको बीमा सेवा प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।

त्यस्तै, यस अभियानमा जिरो कस्ट ओनरसीप प्लान रहेको छ, जसमा ग्राहकहरुले आफूलाई मनपर्ने गाडी सजिलै खरिद गर्न सक्नेछन्। साथै ३ वर्षको निस्शुल्क चेकअप, गाडी मर्मत सामाग्रीहरु तथा विभिन्न वास कुपन र ३ वर्षको सर्भिसिङ प्याकेजको पनि लाभ लिन सकिनेछ।

हुन्डाई नेपालले ग्राहकहरुको अनुभवलाई सधैँझै विश्वसनीय र रमाइलो बनाउनका लागि यो अभियानको आयोजना गरेको जनाएको छ। देशभरका सोरुमहरुमा उपस्थित भइ यस अभियानको फाइदा उठाउन पनि कम्पनीले सबै ग्राहकहरुलाई अनुरोध गरेको छ।

कम्पनीका अनुसार यही शनिबार, योमरी पुन्ही र उधौली पर्वको अवसरमा नक्साल, भक्तपुर, र थापाथाली सोरुमहरुमा पर्व विशेष कार्यक्रमहरुको पनि आयोजना हुँदैछ।


क्लिकमान्डु