सेयर बजारमा सामान्य गिरावट,साढे ८ अर्बको कारोबार



काठमाडौं । सेयर बजारमा सामान्य गिरावट आएको छ । बजार मापन गर्ने सूचक ८.३० अंकले घटेर परिसूचक २७४८.०५ बिन्दु कायम भएको छ ।

३०७ कम्पनीको १ करोड ६६ लाख ६३ हजार ३५५ कित्ता सेयर ८ अर्ब ५४ करोड ५५ लाख २५ हजार ३७३ रुपैयाँको सेयर किनबेच भएको छ ।

कारोबारमा ५० कम्पनीको सेयर मूल्य बढेको छ भने १९४ कम्पनीको घटेको छ । यो दिन अधिकांश समूहको उपसूचकमा गिरावट आएको छ । विकास बैंक, जीवन बिमा, ट्रेडिङ समूहको उपसूचक भने बढेको छ ।

कारोबारमा बिशाल बजार कम्पनी र वन नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस्तै सपोर्ट माइक्रोफाइनान्स, पाँचथर पावर कम्पनी, लाइफ इन्स्योरेन्स कर्पोरेशन कम्पनीका लगानीकर्ताले कमाएका छन् । यस्तै मानुषी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

सुपर साङ्गे हाइड्रोपावर, कर्णाली डेभलपमेन्ट बैंक, सुपर मादी हाईड्रोपावर, गुराँस लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् ।


क्लिकमान्डु