सेबोनको पाइपलाइनमा ७६ कम्पनीका साढे ४८ अर्बको सेयर, जलविद्युत कम्पनीको हिस्सा धेरै
काठमाडौं । धितोपत्र बोर्डमा ७६ वटा कम्पनी साधारण सेयर (आईपीओ) निष्कासनका लागि पाइपलाइनमा रहेका छन् ।
सेबोनका अनुसार बोर्डमा ४८ अर्ब ५८ करोड ४० लाख १६ हजार ५९६ रुपैयाँको ३३ करोड ३४ लाख ३६ हजार ८३ कित्ता सेयर पाइपलाइनमा रहेको छ ।
पाइपलाइनमा रहेका कम्पनीमा होटल तथा पर्यटन क्षेत्रका ७ वटा कम्पनी रहेका छन् । ७ वटा कम्पनीको ३ अर्ब ३१ करोड १० लाख रुपैयाँको ३ करोड ५३ लाख ६० हजार कित्ता सेयर पाइपलाइनमा रहेको छ ।
यस्तै जलविद्युत क्षेत्रका सबैभन्दा बढी ३७ वटा कम्पनी रहेका छन् । ३७ वटा कम्पनीले १५ अर्ब ७३ करोड ९० लाख ४६ हजार ४०० रुपैयाँको १५ करोड ७३ लाख ९० हजार ४६४ कित्ता सेयर पाइपलाइनमा रहेको छ ।
यस्तै इन्भेष्टमेन्ट तर्फका ३ वटा कम्पनीको २ अर्ब ८४ करोड ३३ लाख ५० हजार रुपैयाँको १ करोड ५६ लाख ७३ हजार ५०० कित्ता पाइपलाइनमा रहेको छ ।
उत्पादन तथा प्रशोधन समूहका १५ वटा कम्पनी रहेका छन् । १५ कम्पनीको २२ अर्ब ६८ करोड ४७ लाख ७६ हजार ६९६ रुपैयाँको ९ करोड १६ लाख ७५ हजार ६८४ कित्ता सेयर पाइपलाइनमा रहेको छ।
यस्तै माइक्रोफाइनान्स तर्फ स्वस्तिक लघुवित्त वित्तीय संस्थाले ८० लाख रुपैयाँको ८० हजार कित्ता सेयर पाइपलाइनमा रहेको छ।
यता ३ वटा माइक्रो इन्स्योरेन्सले ६७ करोड ५० लाख रुपैयाँको ६७ लाख ५० हजार कित्ता सेयर पाइपलाइनमा रहेको छ ।
सेबोनका अनुसार अन्य क्षेत्रका १० वटा कम्पनीको अन्य क्षेत्रका ३ अर्ब ३२ करोड २८ लाख ४३ हजार ५०० रुपैयाँको २ करोड ६५ लाख ६ हजार ४३५ कित्ता सेयर पाइपलाइनमा रहेको छ ।
धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले पाइपलाइनमा रहेका कम्पनीको सेयर निष्कासनका लागि आवश्यक प्रकृया पुरा गरेर अघि बढ्ने बताए । सेयर निष्कासन अब धेरै ढिला नहुने बताए ।