स्काइवाक र मनमोहक दृश्यावलोकनको गन्तव्य बन्दै ‘ह्याप्पि हिल्स’, हाललाई ५०% छुट



काठमाडौं । काठमाडौं र नुवाकोटको बीचमा रहेको मुड्खु भञ्ज्याङमा खुलेको ह्याप्पि हिल्स एडभेन्चर रिसोर्ट स्काइवाक र मनमोहक दृश्यहरु हेर्ने गन्तव्य बन्दै गएको छ । हालै सञ्चालनमा आएको यो रिसोर्ट मुड्खु टावर भएको क्षेत्रमा रहेको छ, जहाँबाट मनमोहक हिमाली परिदृश्य देख्न सकिन्छ ।

प्राकृतिक सौन्दर्यका साथै यो ठाउँ साहसिक पर्यटन तथा फरक अनुभव पाउनका लागि गन्तव्य बन्न थालेको छ ।

ह्याप्पि हिल्सको सबैभन्दा प्रमुख आकर्षण भने त्यहाँको स्काइवाक हो । उक्त स्काइवाकमा सिसाबाट बनेको पुलमा हिँड्दै साहसिक अनुभव लिनुका साथै काठमाडौंको परिदृश्य हेर्न पाइन्छ । सुरूवाती दिनमा स्काइवालमा ५० प्रतिशत छुट दिइएको छ । हालका लागि २५० रुपैयाँमा नै यसको अनुभव बटुल्न सकिन्छ ।

पर्यटकीय परिदृश्य र स्काइवाकका साथै काठमाडौंको भिडभाडबाट टाढा हुन मन हुनेका लागि सहज गन्तव्यका रुपमा रहेको ह्याप्पि हिल्समा अन्य थुप्रै विशेषता समेत छन् । भविष्यमा रिसोर्टमा रिभर्स बन्जीका साथै अन्य साहसिक क्रियाकलाप पनि खुलाइने रिसोर्टले जानकारी दिएको छ ।


क्लिकमान्डु