नेप्से १४ अंकले घट्यो, करिब ८ अर्बको कारोबार
काठमाडौं । सेयर बजारका मापक नेप्से सूचक १४.१२ अंकले घटेर २७ सय ३४.८३ बिन्दूमा आइपुगेको छ । बुधबार नेप्से ०.५१ प्रतिशतले घटेको छ
बजार घटेको दिन ३०८ कम्पनीको १ करोड ५३ ला कित्ता सेयरको ७७ हजार ८ सय पटक कारोबार भएको छ । यसबाट ७ अर्ब ९१ करोड रुपैयाँको कारोबार भएको छ ।
बजार घटेको दिन पनि सप्तकोशी विकास बैंक, सृजनशील लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यो बाहेक मकर जितुमाया सुरी हाइड्रो, पोखरा फाइनान्स, समृद्धि फाइनान्स, रावा इनर्जी, बलेफि हाइड्रो, सपोर्ट माइक्रोफाइनान्स र जानकी फाइनान्सको सेयर मूल्य भने ९ प्रतिशतसम्मले बढेको छ ।
बजार घटेका कारण कुथेली बुखरी स्मल हाइड्रोको सेयर मूल्यमा १० प्रतिशतको नकारात्मक सर्किट लागेको छ । यी बाहेकका १३८ कम्पनीहरुले अधिकतम ८ प्रतिशतसम्मले गुमाएका छन् ।
बजार घटेको दिन विकास बैंक, फाइनान्स, हाइड्रोपावर र म्युचुअल फन्डका उपसूचक सकारात्मक देखिएका भएपनि अरु सबै उपसूचक नकारात्मक भएका छन ।