भिस्ताराका यात्रुमाथि विशेष जाँच गरेर बाहिर पठाइयो, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थालमा उडान सुरु



काठमाडौं । दिल्लीबाट काठमाडौं आएको भिस्तारा एयरको जहाजमा बम राखेको भन्दै अज्ञात व्यक्तिले सूचना दिएपछि रोकिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान–अवतरण पुनः सुरु भएको छ ।

यूके १५५ कलसाइनको जहाजमा १५७ जना यात्रु सवार छन् । यो विमान मंगलबार अपराह्न ४:११ बजे अवतरण भएको थियो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले भिस्ताराको जहाज पछाडिबाट अन्य जहाज उड्न जाने बाटो रोकिएको छ भने वैकल्पिक मार्गबाट जहाज धावनमार्ग पुर्‍याएर उडान सुरु गरिएको उनको भनाइ छ ।

जहाजमा बमको सूचनापछि नेपाली सेना र नेपाल प्रहरीले विमानस्थलमा सर्च अपरेशन गरेको छ । सेना र प्रहरीको तालिम प्राप्त कुकुरसमेत विमानस्थलमा परिचालित गरिएको छ ।

भिस्तारामा सवार यात्रु र ह्यान्ड ब्यागको चेकिङ सकिएको छ । अब कार्गो कम्पार्टमेन्टमा रहेका ब्यागेज चेकिङ गरिने भुलले जानकारी दिए । विमानका यात्रुहरुलाई विशेषरुपमा शरीर खानतलासी गरे उच्च निगरानीका साथ इमिग्रेसनबाट बाहिर पठाइएको छ ।

भिस्तारा विमानका यात्रुहरुलाई विशेषरुपमा वडि सर्च गरेर उच्च निगरानीका साथ इमिग्रेसनबाट बाहिर पठाइएको छ ।

बम डिस्पोजल टोली तयारी अवस्थामा रहेकाले शंकास्पद वस्तु भेटिए त्यसलाई निष्क्रिय गरिने र नभेटिए ‘फेक कल’ घोषित गरी उक्त जहाजलाई उडानका लागि खुला गरिने उनले बताए ।


क्लिकमान्डु