बाढी पहिरो प्रभावितलाई आयल निगमबाट तीन करोड सहयोग
काठमाडौं । नेपाल आयल निगमले बाढी, पहिरो र डुबानबाट पीडितलाई राहत तथा पुनःस्थापना गर्न सरकारलाई तीन करोड रुपैयाँ सहयोग गरेको छ ।
निगमका कार्यकारी निर्देशक चण्डिका भट्टले प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा तीन करोड रुपैयाँको चेक हस्तानान्तर गरेका छन् ।
भटट्ले बाढी, पहिरो र डुवानबाट विस्थापित भएका पीडितको पुनः स्थापित गर्न उक्त रकम सहयोग गरिएको जानकारी दिए ।