सेयर बजारमा पहिरो, अन्तिम २ मिनेटमा ६ अंकको सुधार



काठमाडौं । सेयर बजार राताम्मे भएको छ । कारोबारको सुरुदेखि नै बजारमा आएको उतार चढाब अन्तिम समयसम्म पनि कायमै रह्यो ।

अन्तिम दुई मिनेटमा बजार ६ अंकले सुधार देखियो । समग्रमा बजार भने ४७.४४ अंकले घटेर परिसूचक २६९७.९१ बिन्दु कायम भएको छ ।

३१५ कम्पनीको २ करोड ८ लाख ६८ हजार ९१९ कित्ता सेयर ८ अर्ब १८ करोड २ लाख ६२ हजार ५७२ रुपैयाँको कारोबार भएको छ । कारोबारमा १८ कम्पनीको मूल्य बढेको छ भने २२६ कम्पनीको घटेको छ ।

कारोबारमा सबै समूहको उपसूचक राताम्मे भएका छन् । यो दिन कुथली बुखरी स्मल हाईड्रोपावर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस्तै स्टर्न हाईड्रोपावर कम्पनीको सेयर मूल्य १० प्रतिशतले घटेको छ ।


क्लिकमान्डु