बुध्द एयरको माउन्टेन फ्लाइटमा गएको जहाजमा समस्या, सुरक्षित अवतरण पश्चात चेकचाँज हुँदै




काठमाडौं । बुध्द एयरको विहीबार विहान माउन्टेन फ्लाइटमा गएको जहाजमा प्राविधिक समस्या देखिएको छ । जहाजमा प्राविधिक समस्या देखिएपछि सुरक्षित अवतरण गरेर जेकचाँज हुँदै गरेको बुद्ध एयरका सञ्चार संयोजक दीपेन्द्र कर्णले जानकारी दिए ।

बुध्दको विहीबार विहानकोको उडान नम्बर १०० बाट उडान गरेको ९एन एजेएसको दायाँ इन्जिनमा प्राविधिक समस्या देखिएपछि आकस्मिक अवतरण गराएको थियो । यो जहाजको उडेको केही समयमा प्राविधिक समस्या देखिएपछि जहाजलाई डाइभर्ट गराएर काठमाडौं विमानस्थलमा सुरक्षित अवतरण गराएको र यसको आवश्यक जाँच भइरहेको बुध्द एयरले जानकारी बुध्द एयरले दिएको छ । बुध्द एयरका अनुसार जहाजकाे इण्डिकेटरले प्राविधिक समस्या भएको संकेत गरेका कारण सुरक्षित अवरणपश्चात आवश्यक चाँज भइरहेको छ ।

विहीबार मौसमको खराबीका कारण कुनै पनि माउन्टेन फ्लाइट भने हुन सकेको छैन । हिमाली क्षेत्रमा लागेको तुवालोका कारण कुनै पनि हिमाल नदेखिएको हुँदा आजका लागि तय भएका सबै माउन्टेन फ्लाइट रद्दसमेत भएका छन । आज बुद्ध एयरको मात्रै ५ वटा माउन्टेन फ्लाइट थियो ।


क्लिकमान्डु